काठमाण्डौ , ३० असार ।
नयाँ सरकार गठनको तयारीमा लागेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय महत्व राख्ने निर्णय नगर्न सरकारलाई खबरदारी गरेको छ ।
संयुक्त वक्तव्य जारी गर्दै काग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार कामचलाउ भैसकेकाले राष्ट्रिय महत्वका निर्णय नगर्न खबरदारी गरेका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकार काम चलाउ हैसियतमा मात्र रहेकाले राष्ट्रीय महत्वका निर्णय गर्ने अधिकार नभएको उनीहरुको भनाई छ ।
वर्तमान सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न सरकारको ध्यानाकर्षण गराउँदछ संयुत्त विज्ञप्तीमा भनिएको छ ।
माओवादी र कांग्रेस नयाँ सरकार गठन गन सहमत भई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline