काठमाण्डौ ,३० असार ।
प्रधानमन्त्री केपी ओलीले सरकार परिवर्तनमा काग्रेस र माओवादी केन्द्रले स्वविवेक प्रयोग नगरेको टिप्पणी गर्नुभएको छ ।
राष्ट्रिय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार गिराउनमा बाहिरी शक्तिको समेत भूमिका रहेको आरोप लगाउनुभयो ।
ओलीले भन्नुभयो, वर्तमान सरकारबाट माओवादी बाहिरिएर गायो तर अरु अरु उफ्रिने र भोज खाने गरेका छन्, यसले चित्र स्पष्ट गरेको छ ।
संविधान कार्यन्वयन र मुलुकको समृद्धिका लागि काम भइरहेका बेला सरकार परिवर्तन गर्न खोजिएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको छ ।
सरकार परिवर्तनको बिषयको छलफल आन्तरिक रुपमा भएको भए राम्रो हुने टिप्पडि गर्दै ओलीले स्वचालित नहुनु मुलुकका लागि दुस्खद भएको धारणा राख्नुभयो ।
राष्ट्रिय स्वाभिमानका लागि जनता जागरुक भएको भन्दै उहाले राष्ट्रिय हितको पक्षमा रहँदा कुनै छिमेकीको विरोधको रुपमा लिन नहुने पनि बताउनुभयो ।