सर्बोच्वका ११ न्यायधिसको सुनुवाई साउन २ गते हुने

सर्बोच्वका ११ न्यायधिसको सुनुवाई साउन २ गते हुने

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमान्डौ ,३० असार ।

संसदीय विषेश सुनुवाई समितिले सर्वोच्व अदालतमा सिफारीस ११ जना न्यायधिसको सुनुवाई आगामी आईतवार गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको समितिको बैठकले सवोच्वको न्यायधिसमा सिफारीस ११ जनाको सुनुवाई साउन २ गते आईतवार गर्ने निर्णय गरेको हो ।

उनीहरु विरुद्ध परेको तिन वटा उजुरीमाथिको अध्ययन सकेपछि सुनुवाईको मिति तय गरिएको सदस्य भानुभत्त ढकालले जानकारी दिनुभयो ।

यस्तै बैठकले सुनुवाईलाई थप प्रभावकारी बनाउन तीन सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा पनि छलफल गरि सुनुवाईको कार्यबिधी समेत पारीत गरेको उहाले बताउनु भयो ।

न्याय परिषदले गत फागुन १९गते पुनरावेदन अदालतका मुख्य न्यायधिसबाट ७ जना र कानुन व्यवसायीका तर्फबाट ४ जनाको नाम सर्वोच्च न्यायधिसका लागि सिफारिस गरेको थियो ।

पुनरावेदन बाट दिपक कार्की, आनन्द मोहन भट्राई, इश्वर खतिवडा, मिरा खड्का, शारदा घीमीरे, केदार चालिसे र विश्वम्बर श्रेष्ठ सिफारिसमा परेका छन् ।

अधिवक्ताहरुमा हरीकृष्ण कार्की, प्रकाश रावत, सपना मल्ल र अनिल कुमार ंिसन्हाको नाम पनि सिफारिस भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ