मौद्रिक नीति आज सार्वजनिक हुँदै

मौद्रिक नीति आज सार्वजनिक हुँदै

  • बिहिबार, असार ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ, ३० असार ।

राष्ट्र बैंकले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले मौद्रिक निति स्वीकृत गरेपछि दिउसो दुई बजे सार्वजनिक गर्न लागेको हो ।

आगामी आर्थिक बर्ष बैंक तथा वित्तिय संस्थामा कृषि र उर्जामा लगानी बनाउने उदेश्य सहित केन्द्रिय बैंकले आज मौद्रिक निती सार्वजनिक गर्न लागेको प्रवत्ता त्रिलोचन पंगेनीले जानकारी दिनुभयो ।

सरकारले बजेट मार्फत निर्धारण गरेको वित्तीय नीतिलाइ कार्यान्वयन गर्न केन्दीय बंैकले मौद्रिक नीति ल्याउने गर्छ ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमा कृषि र उर्जालाई उच्च प्राथमिकता दिए पछि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुका लगानीे सीमा बढाउने तयारी गरेको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाले कृषिका लागि न्यूनतम १२ प्रतिशत लगानी बढाएर २० प्रतिशत पुर्याउन लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

केन्द्रिय बैंकले बैंकहरुको अनिवार्य नगद मौज्दात शुन्य दशमलव ५ प्रतिशतदेखि एक प्रतिशतसम्म बढाउने तयारी गरेको छ ।

मुद्रास्फीति दरलाई वार्षिक औषत ८ प्रतिशत कायम राख्दै ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अघिल्लो मौद्रिक नीतिले लक्ष्य राखेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी