बाँके ,३० असार ।
मध्यपश्चिमाञ्चलका १५ जिल्लामा चालु आर्थिक वर्षभित्र दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
दैवी प्रकोपबाट दुई हजार ७२१ घरगोठ क्षति हुनुका साथै ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको जनाईएको छ ।
यस्तै, यस अवधिमा २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको मृत्यु हुने गरेको छ ।
यद्यपि अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline