तीन दलद्धारा प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता

तीन दलद्धारा प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं,२९ असार ।

नेपाली काग्रेस ,नेकपा माओबादी केन्द्र र नेकपा संयुक्त पाटीले प्रधानमन्त्री केपी ओली विरुद्ध संयुत्त रुपमा अविश्वास प्रस्ताव दर्ता गरेको छ ।

अल्पमतमा परेपछि पनि राजिनामा नदिएको भन्दै तीन दल मिलेर संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा समर्थकमा कंग्रेस सभापति शेरवहादुर देउवा रहनुभएको छ ।

अविश्वास प्रस्तावमा काग्रेसका १ सय ६८, माओबादी केन्द्रका ८२ र संयुक्तका ३ जना सांसदको हत्ताक्षर गरेका छन् । प्रस्ताव दर्ता गर्न ती दलका प्रमुख सचेतक तथा अन्य केहि नेता संसद सचिवालयमा पुगेका थिए ।

यसअघि आज बसेका कंग्रेसको केन्द्रीय कार्यसमिति बैठक र माओवादी केन्द्रको संसदीय दलको छुट्टाछुट्टै बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेपनि राजिनामा नदिएकाले प्रधानमन्त्री विरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका थियो ।
संसदमा कायम रहेको एक तिहाइ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ