काठमाडौं , २९ असार ।
प्रधानमन्त्री केपि ओली नेतृत्वको सरकारमा आबद्ध नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् ।
प्रधानमन्त्री ओलीसमक्ष उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा बुझाउनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
पत्र बुझाउन पुग्नुभएका रायमाझी पाच मिनेटमात्रै वालुवाटारमा बस्नुभएको थियो । रायमाझीले अब थप काम गर्ने वातावरण नभएको भन्दै आफुलाई अध्यक्ष पुष्पकमल दाहालले राजिनामा दिन पठाउनु भएको बताउनु भएको थियो ।
आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दलको निर्णय अनुसार राजिनामा बुझाएका हुन् ।
ओलीको नेतृत्वमा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा (माओवादी) सरकरमा सहभागी भएको थियो ।