काठमाडौं, असार २९ ।
नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रधानमन्त्री केपि ओली बिरुद्ध संसदमा अबिश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजिनामा नदिने बताएपछि काग्रेस र माओवादी केन्द्रले आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालेका हुन् ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न दुबै दलले सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् । आज बिहान बसेको माओवादी केन्द्रको संसदीय दल र काग्रेस केन्द्रिय समितिको छुट्टाछुट्टै बैठकले सरकार अल्पमतमा परेकाले ओलीले पदबाट राजिनामा नदिए प्रधानमन्त्री बिरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेका थिए ।
नयाँ बानेश्वर स्थित संसद भवनमा आज बिहान बसेको काग्रेस केन्द्रिय समिति बैठकले नयाँ सत्ता गठवन्धन निर्माणमा माओवादी केन्द्रसंग भएको ७ बुँदे सहमति अनुमोदन गर्दै बैठकले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको थियो ।
कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने औपचारिक निर्णय गर्दै त्यसका लागी अन्य दलसँग पनि छलफल तिब्र पार्ने निर्णय गरेका थियो ।
बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै सभापति शेरबहादुर देउवाले एमालेले आफूलाई सरकारको नेतृत्व गर्न आग्रह गरेपनि धेरै ढिला भएको प्रतिक्रिया दिनुभयो ।
कंग्रेसले पहिलो ९ महिना माओवादीको नेतृत्वमा सरकार गठन गर्ने र त्यसपछि आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ ।
यसैबीच नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको हो । माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।
यस्तै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तर बजेट पारित गर्न भने अबरोध नगर्ने जनाएको छ ।
ओली नेतृत्वको सरकारमा आबद्ध माओवादी केन्द्रका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई सामुहि राजिनामा बुझाई सकेका छन् ।
संसदीय दलको निर्णय अनुसार संयुक्त रुपमा राजीनामा दिइएको वन मन्त्री समेत रहेका नेता अग्नी सापकोटाले बताउनुभयो ।
यता , मधेशी मोर्चामा आबद्ध संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सरकारबिरुद्धको अबिश्वासको प्रस्तावमा समर्थन जनाउने बताउनु भएके छ ।
संसद भवनमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले वर्तमान सरकारको औचित्य समाप्त भएकाले अबिश्वासको प्रस्तावमा समर्थन जनाउने बताउनु भयो ।