प्रचण्डको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय,एमालेको प्रस्ताव अस्वीकार

प्रचण्डको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय,एमालेको प्रस्ताव अस्वीकार

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, २९ असार ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने औपचारिक निर्णय गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले दाहालको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने औपचारिक निर्णय गरेको निणर्य गरेको हो ।

नयाँ सत्ता गठवन्धन निर्माणमा माओवादी केन्द्रसंग भएको ७ बुँदे सहमति अनुमोदन गर्दै बैठकले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।

बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै सभापति शेरबहादुर देउवाले एमालेले आफूलाई सरकारको नेतृत्व गर्न आग्रह गरेपनि धेरै ढिला भएको प्रतिक्रिया दिनुभयो ।

यस्तै काग्रेसले बर्तमान सरकार अल्पतमा परिसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएपछि संसदको सवैभन्दा ठुलो दल काग्रेसले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि सरकारको बर्तमान नेतृत्वलाई बिस्थापित गर्ने योजना बनाएको हो ।

माओवादी केन्द्रसंग आलोपालो नेतृत्वसहित सत्ता गठवन्धन निर्माण गर्ने सहमति गरेको नेपाली कंग्रेसले तत्काल माओवादी नेतृत्वमा सरकार बनाउने पहल स्वरुप अन्य दलहरुसंगको छलफललाई पनि तिव्रता दिने निर्णय गरेको पौडेलले बताउनुभयो ।

कंग्रेसले पहिलो ९ महिना माओवादीको नेतृत्वमा सरकार गठन गर्ने र त्यसपछि आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ ।

यसैबीच नयाँ सरकारको नेतृत्व गर्न एमालेले गरेको प्रस्ताव नेपाली कांग्रेसले अस्वीकार गरेको हो । माओवादी केन्द्रले केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेले कांग्रेसलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ