नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • बुधबार, असार २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, असार २९।
नयाँ सरकार गठनको विषयमा छलफल गर्न नेपाली कंग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा केहि बेरमा बस्दै छ ।

एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र बाहिएपछि सरकार गठनका विषयमा छलफल गर्नका लागि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

बैठकमा माओवादी सरकारबाट बाहिरिसकेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल हुने कंग्रेस केन्द्रिय सदस्य विश्व प्रकाश शर्माले जानकारी दिनु भयो ।

शर्माका अनुसार बैठकको पहिलो एजेन्डा नै माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न परिस्थितिमा नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषय रहेको बताउनु भयो ।

बैठकमा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने वा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई खाले धारणा रहेकाले यस विषयमा पनि गहन रुपमा छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ