काठमाडौ २९ असार ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि संसद भवनमा बस्ने बैठकले आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्नेछ ।
मुलुकमा गणतन्त्र स्थापना भएपछि संसदले पहिलो पटक आर्थिक वर्ष सुरु हुनु आगवै पूर्ण बजेट पारित गर्न लागेको हो । सरकारले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेको थियो ।
गत शनिबारको संसद बैठकले वियोजन पारित गरिसकेको छ भने बजेटसँग सम्बन्धित थप तीन ओटा विधेयकपनि पारित गर्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकबाट आर्थिक विधेयक, राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित गर्ने तयारी भएको संसद सचिवालयका सहयक प्रवत्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
राष्ट्रिय ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि सामन्य छलफल गरेपछि आगामी आर्थिक वर्षको बजेट पारित गर्ने संसदको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline