कांग्रेसले भोलीका लागी डाक्यो केन्द्रीय कार्य समितिको बैठक

कांग्रेसले भोलीका लागी डाक्यो केन्द्रीय कार्य समितिको बैठक

  • मङ्लबार, असार २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ, २८ असार ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोली बस्ने भएको छ ।

सरकारको मुख्य घटक नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भोली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको हो ।

संसद भवन नयाँ बानेश्वरमा बिहान साढे आठ बजे बस्ने गरी केन्द्रीय कार्य समितिको बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

माओवादीले नयाँ सरकार गठनका लागि कांग्रेसले आफूलाई औपचारिक पत्र दिईसकेको दाबी गरिरहेका बेला कांग्रेसले नयाँ सरकारबारे आन्तरिक छलफल गर्न लागेको हो ।

माओवादीको दाबीबारे कांग्रेसले कुनै प्रतिक्रिया जनाएको छैन । बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कि अरु दललाई समर्थन गर्ने भन्ने विषयमा निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ