काठमान्र्डौ ,असार २८ ।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्दै वर्तमान सरकारबाट बाहिरिएको छ । लिने निर्णय गरेको छ । माओवादी केन्द्रको हेडक्वार्रको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बैठक लगत्तै केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा पत्र लेखेर सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको छ ।
अध्यक्ष दाहालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै आफ्ना मन्त्री वाहिरिएको पत्र प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीलाई बुझाईसक्नुभएको छ । सहमतीय सरकारका लागि भन्दै हिजो दिनभर प्रयास गरेको माओवादी केन्द्रले आज सरकारबाट वाहिरिने निर्णय गरेको हो ।
अध्यक्ष दाहालले हस्ताक्षर गरेको पत्र बोकेर माओवावदी केन्द्रका नेता जनार्दन शर्मा र हितराज पाण्डे बालुवाटार र शितल निवास पुग्नु भएको थियो ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले अध्यक्ष दाहालले पत्र सभामुख ओनसरी घर्ती समक्ष पुर्याउनु भएको हो ।
दाहालले ओलीलाई सम्बोधन गरी लेखेको पत्रमा सहमतीय सरकारका लागि मार्ग प्रशस्त गर्न सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।
यद्यपी यसको औपचारिक घोषणा भने माओवादी केन्द्रले केहिबेरमा पत्रकार सम्मेलन माफर्त गर्दै छ ।
माओवादी केन्द्रको निर्णयसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्री ओलीले यसअघि भएको ९ बुँदे लिखित र ३ बुँदे भद्र सहमति पालना नगरेको आरोप लगाइएको छ ।
आफ्नो समर्थन फिर्ताका कारण राष्ट्रिय सरकार गठनमा सहयोग पुग्ने पनि उल्लेख गरिएको छ । भूकम्पपछिको पुनर्निर्माण र राहत, संबिधानप्रति असन्तुष्ट समुहसँग सहमतिका लागि राष्ट्रिय सहमति अत्यावश्यक रहेको समेत पत्रमा उल्लेख गरिएको छ ।
यसअघि माओवादी केन्द्रले सरकारबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष दाहाललाई दिएको थियो । दाहालले हिजो प्रधानमन्त्री केपी ओली र कंग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गर्नुभएको थियो ।
देउवाले अर्को सरकार बनाउने भए तत्काल सरकारबाट फिर्ता हुन आग्रह गर्नुभएको थियो । माओवादी केन्द्रको निर्णयपछि के गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आन्तरिक छलफल शुरु गर्नुभएको छ ।