रुपन्देही २८ असार ।
रुपन्देही ई–रिक्सा चालक संघले बुटवलमा चक्काजाम गर्ने तयारी गरेको छ । आज ११ बजेदेखि १२ बजेसम्म चक्काजाम गर्ने तयारी गरेको संघले जनाएको हो ।
पटक–पटक बिभिन्न बाहनामा ई–रिक्सा तान्ने र अनावश्यक जरिवाना काट्दै मजदुरहरुलाई अनावश्यक दूःख दिने गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
मजदुरहरुले गरिखान पाउनु पर्ने र सडकमा निर्वाध रुपमा जनतालाई सेवा दिन पाउनुपर्ने भन्दै संघले चरणबद्ध आन्दोलनमा जाने बताएको छ ।
मजदुरले चक्काजामको तयारी गरिरहदा प्रहरीले पनि सुरक्षा सर्तकता बढाएको छ । संघले आइतवार पनि तिनवटा निकायमा धर्ना तथा जुलुस दिएको थियो । ३ दिनदेखि मजदुरहरु आन्दनेलित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline