काठमाडौ २८ असार ।
बाग्लुङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन् ।
सदरमुकामदेखि सिगानाका लागि छुटेको ध १ ज ६८ नम्बरको जीप गएराति बागलुङ नगरपालिका ४ मा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १० का २५ वर्षीया सुनिता नेपाली रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
विपरित दिशाबाट आएको सवारीलाई साइड दिन खोज्दा पछाडि हटेर जीप पल्टिएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।
घाइतेहरु अधिकांशको टाउको र शरिरमा चोट लागेको छ । घटनापछि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline