प्रम ओली र प्रचण्डबिचको छलफल वालुवाटारमा जारी

प्रम ओली र प्रचण्डबिचको छलफल वालुवाटारमा जारी

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, २७ असार ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच प्रधानमन्त्रि निवास वालुवाटारमा छलफल जारीे छ ।

बजेट पारित भएपछि सत्ता हस्तान्तरण गर्ने भएको भनिएको भद्र सहमतिबारे उहाँहरुविच छलफल भईरहेको प्रधानमपन्त्रिका प्रेस सल्लाहकार प्रमोद दाहालले रेडियो मिर्मिरेलमाई जानकारी दिनुभयो ।

छलफलका लागि प्रधानमन्त्रि ओली र प्रचण्ड दुवैले बिहानैदेखि आन्तरिक छलफल तीव्र पानुृभएको थियो । यसअघि आइतबार बेलुका बसेको सत्तारुढ दलको बैठकले गठबन्धनमा देखिएको खटपट र मतभेद किनारा लगाउन दुई पार्टीका शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो ।

आइतबारको बैठकमा माओवादीले पहिले भएको सहमति अनुसार सत्ताको नेतृत्व हस्तान्तरण गर्न दबाब दिएको थियो । तर एमाले नेताहरुले भने त्यस्तो सहमति नभएको भन्दै आपसी असमझदारी हटाएर अहिलेकै सरकारलाई निरन्तरता दिन आग्रह गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ