सरकारले जेष्ठ नागरिकको सेवा सुबिधा बढाउने गृकार्य गर्दै : प्रधानमन्त्री ओली

सरकारले जेष्ठ नागरिकको सेवा सुबिधा बढाउने गृकार्य गर्दै : प्रधानमन्त्री ओली

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक देशका अभिभावक भएकाले सरकारले सम्मान र इज्जत दिने धारणा राख्नुभएको छ ।
जेष्ठ नागरिकको सेवा सुविधा बढाउन सरकारले थप गृह कार्य गरी रहेको भन्दै जेष्ठ नागरिकको ज्ञान, सीप र विवेक मुलुक निर्माणको लागि हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

दक्षिण एशियाका जेष्ठ नागरिकको भेलाको काठमाडौंमा उद्घाटन गर्दै ओलीले जेष्ठ नागरिकहरुको सम्मान र सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

दक्षिण एशियाका सबै मुलकले आफ्ना जेष्ठ नागरिकको सम्मान गर्नुपर्ने भन्दै उहाले एशियाली मुलुकका जेष्ठ नागरिकको एकतामा पनि जोड दिनुभयो ।

उपप्रधान एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्री सीपी मैनालीले जेष्ठ नागरिक राष्ट्रका अभिभावक भएकाले उनीहरुको हक अधिकारको ग्यारेण्टी संवैधानिक रुपमा गर्न सरकार तयार रहेको बताउनु भयो ।

जेष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौरीशंकरलाल दासले जेष्ठ नागरिकहरुको उचित सम्मान गर्न सरकर चुकेको गुनासो गर्नुभयो ।

आफ्नो अधिकारका लागि सबै जेष्ठ नागरिकको एकता आवश्यक रहेको उहाको भनाइ थियो । कार्यक्रममा बिभिन्न क्षेत्रमा क्रियाशिल जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ