प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त यादबले सपथ लिए

प्रधानन्यायाधीश कार्की र प्रमुख आयुक्त यादबले सपथ लिए

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २७ असार  ।
प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्की र यादवलाई सपथ दिलाउनु भएको हो ।

राष्ट्रपतिबाट सपथ लिएसँगै सर्वोच्च अदालतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

संसदीय विशेष सुनुवाई समितिले प्रधान न्यायाधीशमा कार्कीको नाम हिजो अनुमोदन गरेको थियो भने प्रमुख निर्वाचन आयुुक्तमा यादवको नाम गत शुक्रबार सर्वसम्मतिले पारित गरेको थियो ।

समितिको बैठकमा कार्कीले आफूविरुद्ध परेका उजुरी र गुनासोबारे स्पष्ट पारेपछि सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ