काठमाडौं, असार २७ ।
प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनु हुन्छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्की र यादवलाई सपथ दिलाउनु हुनेछ ।
राष्ट्रपतिबाट सपथ लिएसँगै सर्वोच्च अदालतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउने छ ।
संसदीय विशेष सुनुवाई समितिले प्रधान न्यायाधीशमा कार्कीको नाम हिजो अनुमोदन गरेको थियो भने प्रमुख निर्वाचन आयुुक्तमा यादवको नाम गत शुक्रबार सर्वसम्मतिले पारित गरेको थियो ।
समितिको बैठकमा कार्कीले आफूविरुद्ध परेका उजुरी र गुनासोबारे स्पष्ट पारेपछि सर्वसम्मतिले अनुमोदन गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline