आजबाट सर्बोच्च अदालतमा सिफारिस ११ न्यायाधिशको सुनुवाई हुदै

आजबाट सर्बोच्च अदालतमा सिफारिस ११ न्यायाधिशको सुनुवाई हुदै

  • सोमवार, असार २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २७ असार ।  

संसदीय सुनुवाई विषेश समितिले आजबाट सर्बोच्च अदालतमा सिफारिस ११ जना न्यायाधिशको सुनुवाई प्रक्रिया सुरु गर्दै छ । त्यसका लागि सुनवाई समितिको बैठक केहिबेरपछि सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा ११ जना सिफारिस न्यायाधिशवरुद्ध परेका करिब आधा दर्जन उजुरीमाथि छलफल हुनेछ । उजुरी माथिको छलफलपछि सुनुवाईको समय निर्धारण गरिने समिति सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

न्यायापरिषदको गत फागुन १९ गते बसेको बैठकले पुनरावेदन अदालतका मुख्य न्यायाधिशबाट ७ जना र कानुन व्यावसायीका तर्फबाट ४ जनाको नाम सर्बोच्चको न्यायाधिशका लागि सिफारिस गरिएको थियो ।

सर्बोच्च अदालतमा मुद्धाको चाप बढेकाले न्यायधिश सुनवाईलाई प्राथमिकतामा राखिएको ढकालले बताउनु भयो । न्यायाधिशहरुको सुनवाई सकिएपछि विभिन्न मुलुकमा सिफारिस राजदुतको सुनवाई प्रक्रिया अघि बढाउने समितिको तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ