डा गोविन्द केसीको आठौ पटक अनशनमा , युवा नेताहरुको समर्थन

डा गोविन्द केसीको आठौ पटक अनशनमा , युवा नेताहरुको समर्थन

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ ,२६ असार । 

शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका लागि विभिन्न माग गर्दै आजबाट पुन: अनशन बस्नुभएको छ । डा. केसी अपरान्ह पौने ५ बजेदेखि अस्पताल परिसरमै अनसन बस्नुभएको हो ।

अनशन बस्नु अघि केसीले सरकार लगायत सम्बद्ध निकायसमक्ष चार बुँदे माग पूरा गर्न दिएको दुई साताको अल्टिमेटम हिजो सकिएको थियो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा नबस्न डा. केसीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले वार्तामा बोलाएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका डा. केसीका केही सहयोगीसँग प्रधानमन्त्री ओलीले अनशन नबस्न आग्रह गर्नुभएको थियो ।

डा. केसी यसअघि पनि ७ पटक अनशन बसिसक्नुभएको छ । सो क्रममा सरकारले चिकित्सा शिक्षा ऐन ल्याउने लिखित प्रतिबद्धता जनाएको थियो ।

डाक्टर केसीले सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्दै सबै सिट नि:शुल्क गर्नुपर्ने, सबै प्रदेशमा कम्तिमा उउटा सरकारी मेडिकल कलेज पुर्‍याउनुपर्ने माग राख्नुभएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा आगामी १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनशायपत्र पाएकाको नवीकरण नगर्ने, माथेमा प्रतिवेदन विपरीत हाल काठमाडौमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी संसदमा रहेको विचाराधीन विधेयक तत्काल फिर्ता हुनुपर्ने र विगतमा भएका सम्झौता पालना गर्नुपर्ने लगायत माग रहेका छन् ।

पछिल्लो पटक उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउनुपर्ने माग समेत गर्दै आउनुभएको छ ।  यसैबीच, युवा नेताहरु गगन थापा, योगेश भट्टराई, विश्वप्रकाश शर्मा लगायतले पनि डां केसीको अनशनप्रति समर्थन जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ