स्थानीय निकायको निर्वाचन दलहरुको सहमतिमा नै हुन्छ : उपप्रधानमन्त्री थापा

स्थानीय निकायको निर्वाचन दलहरुको सहमतिमा नै हुन्छ : उपप्रधानमन्त्री थापा

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ ,२६ असार ।
उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताउनु भएको छ ।

मिडिया नेपालले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेकै अवस्थामा निर्वाचन गर्ने या राज्य पुनःसंरचनापछि गर्ने भन्ने विकल्पका लागि सरकार खुल्ला रहेको बताउनु भयो ।

सरकारले मङ्सिरमा स्थानीय निकायको निर्वाचनको घोषणा गरी आवश्यक बजेट विनियोजन गरिसकेको उल्लेख गर्दै उहाँले प्रतिपक्षी दलसहितको सहमतिमा निर्वाचनको मिति घोषणा गरिने धारणा राख्नुभयो ।

विपक्षी र अन्य दलहरुले अन्तरिम निर्वाचनको सट्टा राज्यको पुनःसंरचना गरी एकैपटक स्थानीय निकायको निर्वाचन गर्न उपयुक्त हुने धारणा ल्याएकाले सो सुझावलाई समेत मध्यनजर गरी सरकारले सहमतिमै निर्वाचन गर्ने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री थापाले स्थानीय निकाय पुनःसंरचना आयोगले फागुन मसान्तसम्मको कार्यावधि पाएपनि दलहरुको सुझावलाई मध्यनजर गर्दै भदौ महिनाभरिमा पुनःसंरचनाको प्रतिवेदन बुझाउन आयोगलाई अनुरोध समेत गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ