सरकारद्धारा संघीय प्रदेशका मुख्यमन्त्रीको सुविधा निर्धारणको कार्य सुरु

सरकारद्धारा संघीय प्रदेशका मुख्यमन्त्रीको सुविधा निर्धारणको कार्य सुरु

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २६ असार ।
सरकारले संघीय प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक एवम् सुविधा निर्धारणका लागि गृहकार्य सुरु गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्नका निम्ति सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता शेरधनराईले जानकारी दिनुभयो ।

बैठकले उत्तरी छिमेकी चीनलाई दुई जोडी गैडा उपहार दिने निर्णय समेत गरेको छ । अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहार स्वरुप दिने निर्णय गरेको मन्त्री राईले बताउनु भयो ।

गौडा उपहार दिने बारे केही वर्षदेखि चीनले आफैं पनि चासो राख्दै आएको थियो । गैंडा उपहार दिने निर्णयले दुई देशबीचको सम्बन्ध अझै मैत्रिपूर्ण र प्रगाढ बनाउन थप सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

यसैबीच आजको मन्त्री परिषदले बैठकले पूर्वमन्त्री एवं पूर्व कानूनसचिव माधव पौडेललाई नेपाल कानून आयोगको अध्यक्षमा नियुक्त गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्ट सेवा सञ्चालनका लागि उपकरण खरिद् गर्न २० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ । त्यस्तै निजामती सेवामा इन्जिनियरिङ्ग सेवा तर्फबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गरेको छ ।

नेपाली सेनाका १० जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ भने १६ जना महासेनानीको सरुवाको निर्णय गरेको संचारमन्त्री राईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ