धरान ,२६ असार ।
कोशी राजमार्ग अन्तर्गत धरान भेडेटार सडक खण्डमा भारतीय पर्यटकहरु चढेको गाडि दुर्घटना हु“दा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
भेडेटार बजारबाट धरान आउने क्रममा करिब ५ सय मिटर तल अनियन्त्रित भई सवारी दुर्घटना हु“दा भारतको बिहार मध्यपुराका ३८ वर्षिक सुरज सिंहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानका डि.एस पी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार घाईते हुनेहरुमा २ जना नेपाली महिला समेत रहेका छन बि आर ४३ पि ४२२२ नं.को भारतिय स्कोरपियो गाडिमा सवार रहेका मध्यपुराका ३१ वर्षिय प्रभाकर कुमारको टाउकोमा गम्भिर चोट लागेको छ भने २२ वर्षिय रोहित कुमार सिंह, ३२ वर्षिय चालक राजुकुमार सिंह, झापाको गौरादह १ की प्रिति राई र सुनिता राई घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रतिष्ठान चिकित्सकले जानकारी दिएको छ ।
भारतको फारविसगञ्जमा एलइडीको डेन्टर फार्म दर्ता गरी भेडेटारको चीसोसँगै रमाउनका लागि हिजो साझ उनीहरु भेडेटारको एक होटलमा बसेका थिए ।
घाइते युवती भने भारतीय पर्यटकहरु भेडेटारबाट फर्कने क्रममा लिफट मागेका कारण गाडी दुर्घटना हुदा“ घाइते भएको युवतीहरुले बताएकी छिन । भेडेटारदेखि ५ मिटर तल धरान २० देवीथान भन्ने स्थानमा सडकको दाया साइटबाट अनियन्त्रित भई पल्टिदा १ सय ५० मिटर तल खसेको थियो ।