२९ मन्त्रालयका सम्बन्धित मन्त्रिले जवाफ दिएपछि विनियोजन विधेयक, २०७३ बहुमतले पारित

२९ मन्त्रालयका सम्बन्धित मन्त्रिले जवाफ दिएपछि विनियोजन विधेयक, २०७३ बहुमतले पारित

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २५ असार ।
व्यवस्थापिका संसदमा आजबाट २९ मन्त्रालयका सम्बन्धित मन्त्रिहरुले जवाफ दिने कार्यक्रम सकिए पछि विनियोजन विधेक,२०७३ लाई समेत बहुमतले पारित गरेको छ । शनिबार बाँकी रहेका शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले जवाफ दिएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपति कार्यालय माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।
प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रिहरुको जवाफ सकिए पछि नेमकिपाका सांसद प्रेम सुवाल र अनुराधा थापामगरले राखेको विभिन्न मन्त्रालयहरु माथिको खर्च कटौतीको प्रस्तावलाई सभामुख ओनसरी घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेकी थिइन भने उक्त खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत समेत गरेको थियो ।
संसदको शनिबारको बैठकमा “विनियोजन विधेयक, २०७३ लाई पारित गरियोस्” भनी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो ।
त्यस्तै शनिबारको बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले “आर्थिक विधेयक, २०७३”, “राष्ट्र ऋष उठाउने विधेयक, २०७३”, र “ऋष तथा जमानत –एक्काईसौं संशोधन) विधेयक, २०७३” माथि विचार गरियोस् भनी प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
अर्थमन्त्री पौडेलले राखेको विचार गरियोस् भन्ने उक्त प्रस्तावहरुलाई सामान्य छलफल पश्चात् बैठकको बहुमत तथा सर्वसम्मतीले स्वीकृत गरेको थियो भने आर्थिक विधेयक, २०७३ माथि दफाबार छलफलको लागि आउँदो असार २९ गतेका लागि सभामुख ओनसरी घर्तीले समय समेत तोकेकी छिन् ।
आउँदो २९ गते बस्ने संसद बैठकले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (एक्काईसौं) विधेयक पारित गरे पछि मात्र समग्रमा पूर्ण बजेट पारित हुने छ । संसदको आजको बैठक पनि मधेशी गठबन्धनले बहिष्कार गरेको थियो भने शुन्य समयमा विभिन्न राजनीतिक दलका सांसदहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । संसदको अर्को बैठक आउँदो असार २९ गते बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी