काठमाडौं, असार २६।
डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आज निर्वाचन आयोगमा औपचारिक रुपमा दल दर्ता गराउने भएको छ । जेठ ३० गते दल घोषणा गरेको नयाँशक्तिले आज दल दर्ता गर्न लागेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा भेला भएर दल दर्ताका लागि निर्वाचन कार्यालयमा जाने संयोजक भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिनुभयो ।
बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर साढे १२ बजे दल दर्ता गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline