काठमान्डौ,असार२६।
इन्धन आपूर्ति गर्ने विषयमा थप अध्ययन गर्न ५ सदस्यीय नेपाली टोली आज चीन प्रस्थान गर्दै छन् ।इन्धन आपूर्तिमा भारतीय एकाधिकारको विकल्प खोज्न नेपाली टोली आज चिन जान लागेको हो ।
पाँच दिने भ्रमणका क्रममा टोलीले इन्धनको विकल्पको. रुपमा चीनका विभिन्न स्थानमा अध्ययन र छलफल गर्ने कार्यक्रम रहेको छ ।
आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वमा सोही मन्त्रालयका उपसचिव अर्जुन पन्त , निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का,निगमका पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह टोलीमा सहभागी हुनेछन् ।
भ्रमणमा ग्यास सहित अन्य पेट्रोलियम पदार्थको विषयमा निजी र सरकारी अधिकारीहरुसँग पनि छलफल गरिने मन्त्रालयका उपसचिव अर्जुन पन्तले जानकारी दिनु भयो ।
निगमका प्रबन्ध निर्देशक खड्का अनुसार भ्रमणको क्रममा चिनीया वाणिज्य मन्त्रालयका समकक्षी र यातायात मन्त्रालयका पदाधिकारी सँग पनि छलफल र भेटवार्ता हुनेछ ।