प्रधानन्यायाधिश कार्कीको सुनुवाई आज

प्रधानन्यायाधिश कार्कीको सुनुवाई आज

  • आइतवार, असार २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौ २६ असार ।  

प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाइ आज हुदैछ । आज बस्ने संसदीय सुनुवाइ विशेष समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीका सम्बन्धमा सुनुवाई गर्नेछ ।

कार्की विरुद्ध परेको उजुरीमाथि बिहान छलफल गरी समितिले कार्कीलाई कार्यकक्षमा बोलाएर सुनुवाइ गर्ने समितिको सचिवालयले जनाएको छ । कार्की विरुद्ध समितिमा छ वटा उजुरी परेको छ ।

कार्की सम्मिलित इजलासले गरेको दुईवटा फैसला विवादास्पद रहेको भन्दै समितिमा उजुरी परेको छ । यस्तै विधिविज्ञान प्रयोगशालाले गरेको डीएनए परीक्षणलाई कार्की सम्मिलित इजलासले प्रमाणका रूपमा अस्वीकार गरी विवादास्पद फैसला गरेको उजुरीमा उल्लेख छ ।

यसैबगरी सर्वाेच्च अदालतका न्यायाधीश सिफारिसविरुद्ध परेको रिट निवेदनमाथि न्यायालयको गरिमामा आँच आउने गरी सर्वाेच्चको एउटै न्यायाधीशको इजलासमा तोकेको आरोप लगाउँदै कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न अर्काे उजुरीमा माग गरिएको छ ।

कार्कीविरुद्ध परेका उजुरीहरूका विषयमा समितिले आज बिहान सम्बन्धित उजुरीकर्तालाई बोलाएर छलफल गर्नेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई बोलाएर संसदीय सुनुवाइ गर्ने र अनुमोदनका विषयमा निर्णय गर्ने सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ