बीरतामोडमा प्रहरीको आयोजनामा बृक्ष रोपण

बीरतामोडमा प्रहरीको आयोजनामा बृक्ष रोपण

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बिर्तामोड २५ असार । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिवार इलाका श्वास्थ्य चौकी अनारमनीमा आयोजीत बृक्षारोपणमा बोल्दै बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङले बिरुवा रोप्नु मात्र ठुलो कुरा होइन त्यसलाई हुर्काउनु चै मुख्य बिषय बन्ने बताएका छन् । प्रमुख अतिथि गुरुङले सामाजिक सेवामा सबैलाई अग्रसर रहन समेत आग्रह गरेका थिए ।

बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष स ुर्य कन्दङवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका जिल्ला सदस्य लक्षमण खड्का, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि कपिलमुनी शिवाकोटी, वडा नागरिक मंञ्चकी राधा खड्का, स्याम गुरुङ, इलाका स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण शाह, थारु कल्याणकारी समितिका झापा सचिव हरी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
श्वास्थ्य चौकी परिसरमा टिक, सिरिस, मसला, कदम लगायतका एक सय पचास किरुवा रोपिएको बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव पारस तिम्सिनाले बताए । सामुदायिक प्रहरी सेवा केन्द्रकी कोषाध्यक्ष जानुका थापामगरले स्वागत गरेको कार्यक्रमको संचालन सस्थाका महांसचिव केशवराज पाठकलले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ