पूर्व घोषणा अनुसार नै सहिद र वेपत्ता परिवारले राहत पाउने अर्थमन्त्रीको भनाई

पूर्व घोषणा अनुसार नै सहिद र वेपत्ता परिवारले राहत पाउने अर्थमन्त्रीको भनाई

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ, २५ असार ।

अर्थमन्त्री विष्णु पौडेलले पूर्व घोषणा अनुसार नै सशस्त्र द्वन्द्वमा सहिद र वेपत्ता परिवारले राहत पाउने बताउनुभएको छ ।
व्यवस्थापिका संसदमा विनियोजन विधयेक माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम तत्काल पुरा गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो ।

सहिद र वेपत्ता परिवारलाई पूर्व घोषणा बमोजिम नै राहत प्रदान गरिने उहाँको भनाई छ । सत्तारुढ एमाले र माओवादीबीच भएको नौबुँदे सहमतिमा पनि पूर्व घोषणा बमोजिम राहत दिने उल्लेख छ । तर, बजेटमा प्रष्ट उल्लेख नभएपछि माओवादी असन्तुष्ट देखिएको थियो ।

प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वमा सहिद र वेपत्ता परिवारलाई १० लाख दिने निर्णय गरेको थियो । पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसमध्ये ५ लाखको तामाकोसीमा शेयर दिने बताए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी