आन्तरिक मामिलामा भारतलाई मुछेको प्रति स्वराजको असन्तुष्ठी

आन्तरिक मामिलामा भारतलाई मुछेको प्रति स्वराजको असन्तुष्ठी

  • शनिबार, असार २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं ,२५ असार ।
भारतिय विदेशमन्त्री सुष्मा स्वराजले नेपालको आन्तरीक मामिलावारे भएका निर्णयमा भारतलाई मुछेकोमा असन्तुष्ठी जनाउनुभएको छ ।

भारत भ्रमणमा रहेका संसदको विकास समितीको प्रतिनिधीमण्डलसँगको भेटघाट तथा अन्तरक्रियामा स्वराजले सरकार बनाउने र गिराउने लगायतका नेपालका अन्य सानातिना आन्तरिक मामिलाहरुमा आफूलाई मुछेकोमा असन्तुष्टी व्यक्त गर्नुभएको हो ।

विदेशमन्त्री स्वराजले आन्तरीक मामिलावारे निर्णय लिन नेपालका नेताहरु आफंै परिपक्व भएपनि अनावश्यक रुपमा भारतलाई दोष दिनेगरेको बताउनु भएको भेटमा सहभागी एक सभासदले बताएका छन् ।
स्वराजको भनाई उदृत गर्दै उहाले भन्नुभयो , प्रचण्ड, शेरवहादुर देउवा लगायतका नेताहरु बसेर सरकार परिवर्तनको सम्वन्धमा निर्णय लिन्छन् तर दोषी चाहि भारतलाई लाग्छ ।

पछिल्लोपटक सरकार फेर्ने विषयमा नेपालमा भएको घट्नाक्रम आफूलाई थाहा नभएको समेत उहाँको दावी थियो । भारतका कारण नै आफ्नो सरकार ढल्न खोजेको फेर्न आक्रोशमा नै प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्ध गराएको भारतीय पक्षको बुझाई छ ।
प्रधानमन्त्री केपी ओली र अन्य एमाले नेताहरुले भारतले सरकार पविर्तन गराउन लागेको भनी दिएको अभिव्यक्ति प्रति भारतले आपत्ती जनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ