काठमाडौ २४ असार ।
व्यवस्थापिका संसदले आज आगामी आर्थिक बर्षको वजेट पारित गर्दै छ ।
विनियोजनमाथिको छलफलका क्रममा उठेको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने क्रम सकिएपछि आज संसदले वजेट पारित गर्ने संसद सचिवालयका सहायक प्रवत्ता सुदर्शन कुईकेलले जानकारी दिनुभयो ।
दिउसो १ बजे बस्ने संसद बैठकमा बाकी रहेका मन्त्रालयको विनियोजन बिधेयकमाथि उठेका प्रश्नको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिनेछन् ।
आज शिक्षा ,श्रम तथा रोजगार ,खानेपानी तथा सरसफाई ,अर्थ र भौतिक योजना तथा यातायात मन्त्रीले संसदमा जवाफ दिने कार्यसुची छ ।
यस्तै प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलय , प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय ,राष्ट्रीय योजना आयोग र शहरी विकास मन्त्रालय अन्तरगत विनियोजित वजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुनेछ ।
उहाका अनुसार आजको बैठकमा राष्ट्र रिण उठाउने तथा रिण तथा जमानत विधेयक विचार गरियोस भनी प्स्ताव प्रस्तुत हुने छ । यी दुबै विधेयक पारित भएपछि आगामी आर्थिक बर्षको पूर्ण वजेट पारित गर्ने समय तय हुनेछ ।