काठमाडौ ,२४ असार ।
आन्दोलरत थारुवान संयुक्त संघर्ष समितिले आगामी असार २४ गतेदेखि असहयोग र भद्र अवज्ञा आन्दोलन गर्ने घोषणा गरेको छ ।
समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरि सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने गरि एक महिना लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म थारु समुदायले हातमा कालोपट्टी बाँध्ने थरुहट जिल्लाका प्रत्येक घर, चोक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन मध्याह १२ बजेदेखि एक घण्टा लाल्टिन, दीयो, टुकी र मैनबत्ती बाल्ने र सरकारद्धारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने रहेको छ ।
जसअनुसार असार ३१ गते काठमाडौंको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि धर्ना दिने जनाईएके छ ।
त्यस्तै साउन १५ गते मुखमा कालोपट्टी बाँधेर लाल्टीन जुलुस र धर्ना दिने संघर्ष समितिले जनाएको छ । साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाईमा र्पुयाउने गरी मनाइने पनि जनाएको छ ।
समितिका सदस्य राजकुमार लेखीले थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी नभएसम्म आफूहरुको आन्दोलन नरोकिने बताउनु भयो ।