चन्द्रौटा घटनाबारे गृह र सुरक्षा अंगका प्रमुखसँग छलफल

चन्द्रौटा घटनाबारे गृह र सुरक्षा अंगका प्रमुखसँग छलफल

  • शुक्रबार, असार २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२४ असार  ।

संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कपिलवस्तुको चन्दौटामा भएको बलात्कारको घटनाबारे गृह मन्त्रालय र सुरक्षा अंगका प्रमुखहरुसँग जानकारी लिएको छ ।

समितिले नेपाल प्रहरी र ससस्त्र प्रहरी प्रमुखलाई बोलाएर चन्द्रौटामा चार हप्ता पहिले सशस्त्र प्रहरी विन्ध्यवासिनी गणका प्रहरीहरुबाट एक महिलामाथि गरिएको भनिएको बलात्कारको घटनामा संलग्नलाई चलिरहेको कार्वाहिको प्रक्रियाबारे जानकारी मागेको हो ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राईले घटनामा संलग्न भएकालाई नियन्त्रणमा लिइ कारवाहीको प्रक्रिया थालिसकिएको जानकारी दिँदै दोषीलाई दण्ड र पीडितलाई न्याय दिलाइने प्रतिवद्धता जनाएका थिए ।

बलात्कारको घटनामा दुई जनाभन्दा बढी संलग्न नदेखिएको प्रहरी महानिरीक्षक अर्यालले जानकारी दिनुभयो । पीडित महिला बोल्न नसक्ने भएकाले अनुसन्धानमा अप्ठेरो परेको प्रहरीको भनाइ छ ।

समितिका सदस्यहरुले भने बोल्न नसक्ने ३५ वर्षीय महिलाको बलात्कारमा दश सशस्त्र प्रहरी संलग्न रहेको दाबी गरेका थिए ।

समितिले बलात्कारमा थारु र अवस्थी बाहेक अरु प्रहरी पनि सामेल भएको आशंका गर्दै मनोचिकित्सक समेत राखेर केन्द्रीय अनुगमन टोली गठन गरी भरपर्दो छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गत जेठ ३० गते चन्द्रौटास्थित जबइ खोलामा भैंसी चराउन गएकी महिलाको विन्धवासिनी सशस्त्र प्रहरी गणका प्रहरीले बलात्कार गरेका थिए । बलात्कारमा संलग्न भएको अभियोगमा प्रहरीले सहायक हवल्दार राजु थारू र जवान लोकराज अवस्थीलाई पक्रेर कारवाही चलाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ