२४ असार, विराटनगर ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन र मधेसको समस्या समाधान नगरी स्थानीय, प्रदेश र संसदीय निर्वाचन गर्न नसकिने बताउनु भएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेसी मोर्चाले माग गर्दै आएको संविधान पुनर्लेखनको सम्भावना नरहेको तर, केही बुँदामा संशोधन भने गर्न सकिने बताउनु भयो ।
संविधान संसोधान गरेर भएपनि मधेसको समस्या समाधान गर्न आवश्यक छ भन्दै संयोजक भट्टराईले त्यसपछि डेढ वर्षको अवधिमा जुनसुकै मितिमा तीनवटै निर्वाचन एकसाथ गर्न सकिने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline