काठमाडौ २४ असार ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा आजपनि विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्री जवाफ दिने कार्यसुची रहेको छ ।
हिजो सार्वजनिक बिदा भएकाले आज मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नमाथि बाँकी रहेका मन्त्रीहरुले जवाफ दिने तयारी भएको संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
यसअघि गत मंगलबार विधेयकमाथिको छलफल सकिएपछि सम्बन्धित मन्त्रीले बुधबारबाट जवाफ दिन सुरु गरेका थिए । पहिलो दिन १२ जना मन्त्रीले सदनका जवाफ दिएको सचिवालयले जनाएको छ ।
छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सकिएपछि सम्भवतः भोली नै आगामी आर्थिक वर्षको बजेट पारित गर्ने सचिवालयको तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline