नेपालगन्ज -गोण्डागासम्मको रेल सेवा पहिलोपटक बन्द

नेपालगन्ज -गोण्डागासम्मको रेल सेवा पहिलोपटक बन्द

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

नेपालगन्त्र ,२३ असार ।

भारतले रेलको लिग मर्मत तथा विस्तार गर्ने भन्दै नेपालगन्ज जोड्ने रेल सेवा पहिलो पल्ट बन्द गरेको छ । सेवा बन्द गरेपछि रुपैडिहा—गोण्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ ।

अंग्रेजकालिन रेलको लिक निकै पुरानो लिगको मर्मत तथा विस्तार कार्य सुरु गरिसकेको छ । भारत सरकारले रुपैडिहा—गोण्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडीलाईन) सेवा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

नेपालगन्जसँग जोडिएको रुपैडिहादेखि गोण्डासम्मका लागि छोटी लाईन (सानो) रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा रेलवे स्टेशनल सिंगो भारतलाई जोडेको छ ।

हाललाई नेपालगन्ज—गोण्डासम्मको सोझो सम्पर्क बन्द रहेपनि नयाँ सेवा बिस्तारपछि दिल्लीबाट मालबाहक रेल गाडी सोझै नेपालगन्जको सीमासम्म आइ पुग्ने छ ।

भारतबाट खाद्यन्न, फलामलगायतका निर्माण सामाग्री रेल सिधै सीमामा र्पुयाएपछि मुल्यमा पनि फरक पर्ने व्यवसायीहरु बताउँछन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले नेपालगन्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताउनुभयो ।

गोण्डाबाट नेपालगन्ज सीमासम्मका लागि बिहान साढे ६, दिउँसो १२, साँझ साढे ५ र राति १० वजे गरी छोटी लाईनका चार वटा रेलले सञ्चालनमा थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी