नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २३ असार ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवा बीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण लगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले आफ्नो पार्टीले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको जानकारी गराउनुभएको थियो ।

राजदूत ओगवाले सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत भूकम्प प्रतिरोधात्मक घरको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न धादिङमा ९०० जनालाई तालिम दिन लागिएको पनि जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ