भोटेकोशीमा पानीको बहाव घटे पनि हिमताल फुटेको आशंकाले त्रास उत्पन्न

भोटेकोशीमा पानीको बहाव घटे पनि हिमताल फुटेको आशंकाले त्रास उत्पन्न

  • बिहिबार, असार २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं, २३ असार । भोटेकोशी ३५ वर्ष पछि आएको ठूलो बाढी केही कम भए पनि चीन तर्फको हिमताल फुटेको आशंका गरिएकाले सिन्धुपालचोकको जनजीवन अझै त्रसित छ ।

नदी किनारका बासीन्दाहरु सुरक्षित स्थानमा सरेर बस्न बाध्य छन् । चीन तिर हिमताल फुटेको आशंका गरिए पनि एकिन हुन सकेको छैन ।
बुधबार नदीमा बाढी आएपछि सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको नदी किनाराका दर्जनौ घरहरु जोखिममा परेका छन् ।
बाढीले तातोपानी नाका समेत खतरामा पार्ने संभावना देखिएको छ ।

Sindhu 1

नदीले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर जति पक्की सडक बगाएको छ । जसले गर्दा सो क्षेत्रमा यातायात प्रभावित बनेको छ ।

२०७१ सालमा जुरे पहिरोका कारण विपत्तिमा परेको सिन्धुपालचोकका बासिन्दालाई २०७२ को भूकम्पले निकै ठूलो क्षति पुर्याएको थियो भने अहिले २०७३ को बाढीले थप समस्यामा पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ