कपिलवस्तुमा भएको सामूहिक बलात्कार घटनाको छानविन गरिने

कपिलवस्तुमा भएको सामूहिक बलात्कार घटनाको छानविन गरिने

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाणडौ, २२ असार ।

कपिलवस्तुको चन्द्रौटामा अपांग महिलामाथि भएको सामूहिक बलात्कारको घटनाको छानविन संसदीय समितिले गर्ने भएको छ ।

व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले ३५ वर्षीय बोल्न नसक्ने महिलामाथि गत जेठ ३० गते भएको सामूहिक बलात्कारको घटनाका विषयमा छानविन गर्ने भएको हो ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले छानविनका लागि पाँच सदस्यीय उपसमिति गठन गरेको छ । पतिले छोडेकी तथा १८ वर्षीय छोरा रोजगारीका क्रममा भारतमा रहेका चौधरी थरकी महिलामाथि गत जेठ ३० गते कपिलवस्तुको चन्द्रौटास्थित जबइ खोलामा सामूहिक बलात्कार भएको थियो ।

बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले चन्द्रौटास्थित विन्धवासिनी सशस्त्र प्रहरी गणका सहायक हवल्दार राजु चौधरी र जवान लोकराज अवस्थीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

समितिका सदस्यहरुले बलात्कारमा गणका करिब एक दर्जन शसस्त्र प्रहरी संलग्न रहेको बलात्कृत महिलाले सांकेतिक भाषामार्फत जानकारी दिएको भन्दै बलात्कारमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

समितिले चन्द्रौटा बलात्कारको घटनाका विषयमा जानकारी लिन गृहमन्त्री शक्ति बस्नेत र सशस्त्र प्रहरीका महानिरीक्षकलाई बैठकमा बोलाउने निर्णय गरेको छ ।

प्रहरीले बलात्कार भएको स्थानबाट सशस्त्र प्रहरीका खेलकुद् सामाग्री, चप्पल, साबुन लगायतका वस्तु बरामद गरेको छ । बलात्कृत महिलाको अहिले काठमाडौस्थित प्रसुती गृहमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ