पूर्व सांसद सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

पूर्व सांसद सदरुलको हत्या आरोपमा पत्नी र छोरीलाई जन्मकैद

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

राजविराज ,२२ असार  ।

विघटित संविधानसभा सदस्य स्वर्गिय मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी र छोरीलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले पत्नि ५२ वर्षीया नुरजहाँ खातुन र २१ वर्षीया रुबेदालरुबेदा खातुनलाई जन्मकैदको फैसला गरेको हो ।

साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

सप्तरीको कल्याणपुर गाविस–२ निवासी ५५ वर्षीय हकको हत्या योजनाकार छोरी रुबेदा र रउफलाई २०७० जेठ २३ गते तथा नुरजहाँलाई २०७० जेठ २४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले पक्राउ गरेको थियो ।

हत्याका मुख्य योजनाकार र संलग्न रुबेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेको प्रहरीले जनाएको छ ।

आमा नुरजहाँको सहमतीमा रुबेदा र जमिरले विवाह गरेपनि बाबु हकले स्वीकार नगरेकाले पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो ।

विसं २०७० जेठ ६ गते उनीहरुले राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ