काठमान्डौ, २२ असार ।
नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज पनि बसिरहेको छ । कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यलय जारी बैठकमा सहमतीय सरकार गठनबारे थप छलफल भईरहेको छ ।
यसअघि हिजो भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलको एजेण्डाको रुपमा सहमतीय सरकार गठनको विषय प्रवेश गराउनुभएको थियो । सो विषयमा आज विस्तृतमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
बैठकमा नेता वर्षमान पुन नेतृत्वको कार्यदलले हिजो पेश गरेको सांगठनिक संरचना सहितको प्रतिवेदन माथि पनि छलफल हुने बताइएको छ ।
उक्र प्रतिवेदनमा पार्टीको संगठन तथा निर्वाचन सम्बन्धी कार्यविधि समेटिएको छ । पोलिट्व्युरो बैठकले महाधिवेशनको मिति समेत तय गर्ने प्रवक्ता भुसालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline