कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था गम्भिर ,भेन्टिलेटरमा उपचार हुँदै

कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्था गम्भिर ,भेन्टिलेटरमा उपचार हुँदै

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ असार ।  

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको गम्भिर अवस्थामा राजधानीको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

अचानक निरन्तर वान्त भएपछि उहाँ गएराति अस्पताल भर्ना गरिएको हो । उच्च रक्तचापबाट समेत पीडित उहाँको अहिले आइसियुमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँको अवस्था गम्भीर तथा स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

कोईरालालाई निमोनियाको समस्या समेत देखिएको अस्पतालका निर्देशक डा हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो । निरन्तर बान्त भएपछि अस्पताल भर्ना भएका कोईरालालाई फोक्सोमा समेत समस्या देखिएको अस्पतालले जनाएको छ ।

उहाँलाई निरन्तर अक्जिजन दिईरहेपनि बिहान एक्कासी बेहोस भएपछि आईसीयु हुँदै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पतालद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

कोईरालाको उपचारमा संलग्न चिकित्सकले उहाँलाई ‘सिपिआर’ दिनुका साथै इनट्युबेट गरेका थिए । लगत्तै उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

अस्पताल प्रवक्ता जोशीले कोइराला अहिले पनि अचेत अवस्थामा रहेको र देब्रे फोक्सोमा निमोनिया देखिएका कारण अवस्था अत्यन्तै गम्भिर रहेको जानकारी दिनुभयो ।

अस्पतालले दिएको जानकारी अनुसार उनको उपचारका लागि काठमाडौंमा उपलब्ध प्राय सबै वरिष्ठ चिकित्सकहरुसँग सल्लाह लिइएको छ । ईरालाको उपचारमा डा. भगवान कोईराला, डा. अर्जुन कार्की लगायत १५ जना विशेषज्ञ चिकित्सकको टिम खटिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बुलेन्स मार्फत दिल्ली लगेर उपचार गराउन प्रस्ताव गरे पनि अहिलेको अवस्थामा कोईरालालाई कही कतै लैजान नमिल्ने अस्पतालले जानकारी दिएको छ ।

कोईरालाको स्वास्थ्य अवस्था बारे जानकारी लिन प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापित शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेसका प्राय सबै नेता ओम अस्पताल पुगेका छन् ।

विहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ