माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज बस्दै

माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज बस्दै

  • बुधबार, असार २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमान्डौ,असार २२।
नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक आज पनि बस्दैछ । कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यलय पेरिसडाँडामा विहान ११ बजेपछि बस्ने बैठकमा सहमतीय सरकार गठनबारे थप छलफल हुने बताइएको छ ।

यसअघि हिजो भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले छलफलको एजेण्डाको रुपमा सहमतीय सरकार गठनको विषय प्रवेश गराउनुभएको थियो । सो विषयमा आज विस्तृतमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठकमा नेता वर्षमान पुन नेतृत्वको कार्यदलले हिजो पेश गरेको सांगठनिक संरचना सहितको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।

सो प्रतिवेदनमा पार्टीको संगठन तथा निर्वाचनसम्बन्धी कार्य्विधि समेटिएको छ । पोलिट्व्युरो बैठकले महाधिवेशनको मिति समेत तय गर्ने प्रवक्ता भुसालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ