काठमाडौ २२ असार ।
ब्यवस्थापिका संसदमा आजबाट विभिन्न मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै हुनुहुन्छ ।
बिहान ११ बजेपछि संसद भवनमा सुरु हुने बैठकमा गत असार ६ गतेबाट सुरु भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
पहिलो दिन आज वाणिज्य, विज्ञान तथा प्रविधि, जनसंख्या तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सिंचाई, भूमिसुधार, कृषि, आपूर्ति, सामन्य प्रशासन, सुचना तथा सन्चार, पशुपंक्षी विकास, स्वास्थ्य र कृषिमन्त्रालय माथि सदनमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनु हुनेछ ।
विनियोजन विधेयमाथि सांसदहरुले धारणा राख्ने क्रम हिजो सकिएको थियो । छलफलका क्रममा सांसदहरुले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सन्तुलित नभएको भन्दै त्यसलाई सच्याउनु पर्नेमा जोड दिएका थिए ।