तलब–भत्ता नपाएको भन्दै सोल्टीका क्यासिनो कर्मचारीद्धारा उजुरी

तलब–भत्ता नपाएको भन्दै सोल्टीका क्यासिनो कर्मचारीद्धारा उजुरी

  • मङ्लबार, असार २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २१ असार ।
होटल सोल्टीले सन्चालन गरेको क्यासिनो नेपालका मजदुरहरुले आफूले पाउनुपर्ने तलब–भत्तालगायतका सुविधा नपाएको भन्दै उजुरी गरेका छन् ।

व्यवस्थापिका–संसदको मानवअधिकार समितिको आज बसेको समितिको बैठकमा मजदुरहरुले आफूहरुले लामो समयदेखि क्यासिनो नेपालमा काम गर्दै आएपनि अहिले बिनाकारण आफूहरुले पाउनुपर्ने मासिक तलब र सुविधा रोकिएको भन्दै गुनासो गरेका हुन् ।

समितिका सदस्यहरुले होटलले मजदुरलाई दिनुपर्ने पारिश्रमिक रोक्न नमिल्ने भन्दै कुनैपनि उपाय गरेर भएपनि मजदुरका सेवा–सुविधा उपलब्ध गराउन आग्रह गरे ।

समितिले यसबारे सोल्टी होटलको व्यवस्थापन, मजदुर र सम्बन्धित निकायसँग छलफल गरी दुई दिनभित्र पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी