काठमाडौ २१ असार ।
ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संसदमा जारी विनियोजित विधेयकमाथि सांसदहरुले धारणा राख्ने क्रम सकिने संसद सचिवालयले जनाएको छ ।
असार पहिलो साताबाट सुरु भएको छलफल असार १९ गते नै सक्काउने कार्यसुची रहेपनि भूकम्प पिडितलाई दुई लाख रुपैयाँ एकमुष्ठ रुपमा दिनुपर्ने माग राख्दै प्रतिपक्षी कांग्रेसले सदन अवरुद्ध गरेपछि विनियोजन विधेयकमाथिको छलफल लम्बिएको हो ।
आज अन्तिम दिनपनि आपूर्ति, रक्षा, उर्जा, महिला बालबालिका तथा समाजकल्याण, परराष्ट्र, सहरी विकास, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्री परिषद, राष्ट्रपति तथा उपराष्टपति कार्यमाथि छुट्याएको बजेट बारे छलफल हुने संसद सचिवालयका सहयक प्रवक्त सुदर्शन कुँइकेलले बताउनु भयो ।
सबै मन्त्रालयगत छलफल सकिएपछि असार भोली अर्थमन्त्री विष्णु पौडेलले सदनमा जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।