काठमाडौ २१ असार ।
काठमाडौमा हिजोबाट सुरु भएको नेपाल भारत प्रबुद्ध समुह इपिजीको पहिलो बैठक आज सकिदैछ । इपिजीको दोस्रो बैठकको मिति र समय तय गर्दै बैठक आज सकिने नेपालका तर्फबाट समुह सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा सन् १९५० को सन्धी पुनरावलोकन र आन्तरिक सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको थियो । सन्धी पुनरावलोकनका लागि नेपाल र भारत दुवै पक्ष सकरात्मक दखिएको बताइएको छ ।
बैठकले सन् १९५० को सन्धी पुनरावलोकन आवश्यक रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि दुवै मुलुकका सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरी टुङ्गोमा पुगिने बैठकमा सहभागीहरुले बताएका छन् ।
बैठकमा भएको निर्णयहरुबारे जानकारी गराउन आज अपरान्न दुई बजे पत्रकार सम्मेलनको आयोजना गरिएको सदस्य आचार्यले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline