काठमाडौ २० असार ।
ब्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बिहान ११ बजेपछि संसद भवनमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा बाँकी रहेका मन्त्रालयगत विनियोजित रकमबारे सांसदहरुले धारणा राख्ने क्रम जारी रहने संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
बैठकमा आपूर्ति, उर्जा, सहकारी तथा गरीबी निवारण, महिला बालबालिका तथा समाजकल्याण, रक्षा परराष्ट्र, संघिय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वधार तथा यातायात एवम् सहरी विकास मन्त्रालयमाथि छुट्याएको बजेटबारे सांसदहरुले धारणा राख्ने क्रम जारी रहने कुँइकेलले बताउनु भयो ।
विनियोजन विधेयकमाथिको छलफल भोली सम्म जारी रहने छ । सबै मन्त्रालयगत छलफल सकिएपछि असार २२ गते अर्थमन्त्रीले सदनमा जवाफ दिने कार्यसुची रहेको कुँइकेलले बताउनु भयो ।
त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको २२ गते देखि २४ गते सम्म संम्बन्धित मन्त्रीले जवाफ दिने र २४ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्ने कार्यतालिका रहेको छ ।