नेपाल–भारत प्रबुद्ध समुह इपिजीको बैठक आजबाट काठमाडौमा

नेपाल–भारत प्रबुद्ध समुह इपिजीको बैठक आजबाट काठमाडौमा

  • सोमवार, असार २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ २० असार ।  

नेपाल भारत प्रबुद्ध समुह इपिजीको पहिलो बैठक आजबाट काठमाडौमा सुरु हुदैछ । राजधानीको एक पाचतारे होटलमा बिहान १० बजे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बैठकको उद्घाटन गर्नूहुनेछ ।

बैठकमा दुई देशबीच भएको सन्धी सम्झौता पुनरावलोकन तथा खरेज, अंग्रेज सरकारको पालामा भएका सुगौली सन्धी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाल भारत शान्ति तथा मैत्री सन्धि लगायत द्धिपक्षीय सन्धि तथा सम्झौता पुनरावलोकन, अद्यावधिक र आवश्यक परे खारेज समेत गर्न दुवै देशका सरकारलाई सुझाव दिन उक्त समुहको गठन भएको हो ।

बैठकले समुहले आगामी दिनमा गर्ने कामको मोडालिटी तयार पर्ने नेपालका तर्फबाट प्रबुद्ध समुहका सदस्य एवम् एमाले सांसद डा. राजन भट्टाराईले जानकारी दिनुभयो । समितिले द्धिपक्षीय सहमति र सन्धिबारे दुई वर्षभित्रमा दुवै सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।

समुहमा नेपालका तर्फबाट सांसद भट्टाराईका साथै पूर्वराजदुत भेषबहादुर थापा, कानुनविद् सुर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य हुनुहुन्छ भने भारतका तर्फबाट पूर्वराजदुत जयन्त प्रसाद, प्राध्यापकद्धय महेन्द्र लामा र भूवन उप्रती तथा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी सहभागी हुनुहुन्छ ।

पछिल्लो समय दुई देशबीचको राजनितिक सम्बन्धमा पूर्ण रुपमा सुधार आउन नसकिरहेका बेला बस्न लागेको बैठकले सम्बन्ध सुधारमा सहयोगी भूमिका खेल्ने अपेक्षा समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ